काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले अवितरित २ लाख २५ हजार २६१ कित्ता अवितरित हकप्रद शेयर वैशाख १२ गतेदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले यसअघि फागुन ८ गतेदेखि चैत १४ गतेसम्म ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको थियो ।
सो अवधिमा विक्री नभएको संस्थापकतर्फको ४३ हजार ७७ढ दशमलव ५२ कित्ता र सर्वसाधारण तर्फको १ लाख ८१ हजार ४८१ दशमलव ८३ कित्ता शेयर पुनः लिलामीमा ल्याएको हो । शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापकसँगै अन्य व्यक्ति तथा संस्थाहरुले वैशाख २१ गते कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्नेछ । शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।