काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव) ०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको छ । वैशाख ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र वितरण हुनेछ । कम्पनीले पछिल्लो वर्ष ०७८/७९ मा १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
आव ०७९/८० मा लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष भने लाभांश वितरण गर्न लागेको हो । कम्पनीले २५ प्रतिशत हकप्रद शेयर विक्री गरिरहेको छ । कम्पनीले अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट वैशाख १२ गतेदेखि विक्री गर्न लागेको हो । २५ प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँ कायम हुनेछ ।