असोज १४, काठमाडौं । नेपाल अफर्स डटकमले विभिन्न कम्पनीहरुले ब्रान्ड तथा व्यवसायको बजार प्रवर्द्धन गर्न ग्राहक लक्षित गरेर ल्याउने योजना(स्किम) हरुलाई एउटै डिजिटल प्लेटफर्ममा प्रवर्द्धन गर्न शुरु गरेको छ ।
विभिन्न कम्पनीका अफरहरुलाई नेपाल अफर्सले निःशुल्क रुपमा आफ्नो वेबसाइट तथा सामाजिक संजाल (फेसबुक, इन्स्ट्राग्राम) का पेजमा राखेर प्रचार गर्न शुरु गरेको नेपाल अफर्सको सञ्चालक कम्पनी वाफ्ट टेक्नोलोजी प्रालिका सीईओ राजन जैसवालले बताए ।
जुुनसुकै कम्पनी, ब्रान्ड वा व्यवसायको अफरहरुलाई नेपाल अफर्स डटकमले प्रवर्द्धन गरिदिने सञ्चालक जैसवालले बताए ।
निःशुल्क रुपमा पोस्ट गर्न सकिने अफरअन्तर्गत १०० ओटा कम्पनी तथा व्यवसायको अफरलाई निःशुल्क बुस्टसमेत गरिदिने कम्पनीले बताएको छ । आफ्नो अफरको फिचर्ड गर्नका लागि भने कम्पनीमै सम्पर्क गर्नुपर्ने उनले बताए ।
अफर सार्वजनिक गर्न इच्छुक कम्पनी तथा व्यवसायीहरुले नेपाल अफर्सको एन्ड्रोइड मोबाइल एप वा वेबसाइटमा गएर लगइन गरि आफ्नो कम्पनीको अफर आफै पोस्ट गर्न सक्ने पनि उनले बताए ।
फेसबुक, इमेल वा गूगलआइडीको माध्यमबाट नेपाल अफर्स डटकम लगइन गर्न सकिने छ । पोस्ट गरेका कम्पनीका अफरहरु नेपाल अफर्सले प्रमाणित गरिसकेपछि वेबसाइटमा लाइभ हुने र फेसबुक र इन्स्टाग्राममा समेत सेयर हुने बताइएको छ ।
१८ महीनादेखि सञ्चालनमा आएको नेपाल अफर्स डटकममा अहिलेसम्म ७० ओटाभन्दा बढी कम्पनीहरु आवद्ध भइसकेका छन् भने १ हजार २०० भन्दा बढी अफरहरु दर्ता भइसकेको छ । मुलुकभित्र रहेका कम्पनीहरुले ग्राहकका लागि के–कस्ता अफर ल्याएका छन् भनेर जानकारी लिनका लागि नेपाल अफर्स डटकम उत्तम थलो हुने पनि उनले बताए ।