काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ८३ हजार ७६ कित्ता संस्थापक शेयर भदौ १९ गतेदेखि विक्रीमा ल्याएको छ ।
बैंकले एक जना संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको शेयर शाखामा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।