काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८२ दशमलव ७१ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. ४९ करोड ७७ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. ८ करोड ६० लाखमा झरेको छ । चालू आवमा कम्पनीको आम्दानी घटेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको कुल आम्दानी रू. १ अर्ब ८ करोडभन्दा बढी रहेकोमा चालू आवमा घटेर रू.५६ करोड ४५ लाखमा झरेको छ ।
त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन गत आवको तुलनामा चालू आवमा १० दशमलव ६५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. २९ करोड ६७ लाख खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा बढेर रू. ३२ करोड ८३ लाख पुगेको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ६० रुपैयाँ ५५ पैसा रहेकोमा चालू आवमा घटेर १० रुपैयाँ ४६ पैसामा झरेको छ ।
त्यस्तै दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१५ दशमलव ३७ र मूल्य आम्दानी अनुपात ९३ दशमलव २१ गुणा छ ।
चुक्तापूँजी रू. १ अर्ब ६४ करोड रहेको कम्पनीले अन्य इक्वीटीमा रू. ११ करोड ७७ लाख, रिटेन्ड अर्निङमा रू. ३० करोड १३ लाख, महाविपत्ति कोषमा रू. ९ करोड ९७ लाख र स्पेशल रिजर्भमा रू. १ अर्ब ३७ करोडभन्दा बढी सञ्चिति गरेको छ ।