काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ डिम्याट खातामा आएको छ । आईपीओ पर्नेहरूको डिम्याट खातामा एनएमआईसीको सिम्बोलबाट देखिएको हो ।
डिम्याट खातामा देखिए सँगै अब कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबार शुरू हुने छ ।
कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १०१.९० रुपैयाँ देखि ३०५.७ रुपैयाँको सुरुवाती रेन्ज तोक्ने छ । यही मूल्य रेञ्ज भित्र रहेर कम्पनीको पहिलो कारोबार सुरु हुनेछ । सामान्यता अधिकतम रेन्जबाट नै कारोबार सुरु भएकोले कम्पनीको कारोबार पनि ३००५.७ मा हुने सम्भावना देखिन्छ ।
कम्पनीले निष्कासन गरेको आईपीओ गत फागुन २३ गते बाँडफाँट भएको थियो । सर्वसाधारण तर्फ कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले कम्पनीको शेयर पाएका थिए ।