काठमाडौं । शुक्रवार सम्मपन्न भएको नेपाल पत्रकार महासंघ निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । हाल सम्म जिल्ला, प्रदेश, एशोसिएट्स लगायतको निर्वाचन सम्पन्न भइ विजयी उमेद्वारहरू नाम समेत घोषण भइ सकेको छ । हेर्नुहोस् कहाँ को विजयी भए
गण्डकीको अध्यक्षमा पौडेल
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक मत परिणामअनुसार पौडेलले चार सय एक मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी गोविन्दप्रसाद सुवेदीले एक सय ७८ मत प्राप्त गरेका हुन ।
प्रदेश समितिको उपाध्यक्ष (खुला)मा प्रकाश पौडेल, उपाध्यक्ष (महिला)मा मायाकुमारी अधिकारी, महासचिवमा जमुना वर्षा शर्मा, सचिव (खुला)मा भविश्वर पाण्डे, सचिव (समावेशी)मा रोशनी गुरुङ र कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित भएका हुन ।
बागलुङको अध्यक्षमा थापा
नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा राम थापा निर्वाचित भएका द्धन् । ८औँ जिल्ला अधिवेशनबाट थापा ४६ मतसहित विजयी भएको निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले जानकारी दिए । थापाका निकटतम प्रतिद्वन्द्वी तारानाथ आचार्यले २३ मत प्राप्त गरे ।
उपाध्यक्षमा सुवास आचार्य ४३ मतसहित निर्वाचित भएका छन् । यस्तै महिला उपाध्यक्षमा सृजना पन्त ५० मतसहित विजयी हुँदा सचिवमा नारायण रिजाल ४० मतले विजयी भए । सहसचिव खुलामा डम्बर बुढामगरले ४३ मत प्राप्त गरेर निर्वाचित हुँदा समावेशी सहसचिवमा नवराज नेपाली सर्वसम्मत भएका थिए । यस्तै कोषाध्यक्षमा खेमराज गौतम ४९ मत प्राप्त गरी विजयी भएका छन् ।
सदस्यमा अर्जुन कार्कीले ४८ मत, प्रदीप पन्तले ४७ मत, प्रकाश बरालले ४५ मत, बालकृष्ण सुवेदीले ४० मतले विजयी भए । महिला सदस्यमा मनिषा शर्मा सर्वसम्मत, दलित सदस्यमा अनिष खातीले ३६ मत, आदिवासी जनजाति सदस्यमा सङ्गम घर्तीमगरले ५० मत प्राप्त गरी निर्वाचित भए ।
केन्द्रीय परिषद् महिला सदस्यमा कोपिला कँडेलले ४६ मत विजयी हुँदा केन्द्रीय परिषद् खुला सदस्यमा दिलीप पौडेल ३९ मत प्राप्त गरी निर्वाचित भए । प्रदेश परिषद् सदस्यहरुमा कृष्ण आचार्यले ५० मत, सुवासराज पन्तले ४७ मत, खिमबहादुर कार्कीले ४४ मत, चन्द्रगणेश पौडेलले ४२ मत प्राप्त गरे । प्रदेश परिषद् सदस्यमा लक्ष्मी परियार निर्विरोध भएका थिए ।
चितवन शाखाको अध्यक्षमा पराजुली
नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा वसन्तराज पराजुली निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पराजुलीले एक सय ३२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्तगरे । उपाध्यक्षमा दीपेन्द्र अधिकारी, महिला उपाध्यक्षमा शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे निर्विरोध निर्वाचित भए । शाखाको सह–सचिवमा खुलातर्फ रविना पौडेल र समावेशीतर्फ राजु चौधरी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा कृष्ण आचार्य निर्वाचित भए ।
त्यसैगरी सदस्य (आदिवासी जनजाती) मा सुनिलकुमार श्रेष्ठ र (दलित)मा सरोज उपरकोटी पनि निर्विरोध निर्वाचित भएका हुन् । सदस्य (महिला)मा अस्मिता पराजुली निर्वाचित भए ।शाखाको खुला सदस्यमा कुलप्रसाद काफ्ले, केशव भट्टराई, राजु सापकोटा, बद्रीप्रसाद अर्याल, रोहिणी त्रिपाठी, सनद अधिकारी, सुदन पौडेल, सुरेन्द्र पौडेल, सुशील पन्त र हेमराज रिमाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी शाखाबाट प्रदेश परिषद् १७ जना सदस्यमा खुलातर्फ अर्जुन अधिकारी, किशोरचन्द्र सापकोटा, कृष्णप्रसाद खनाल, दीपक पोखरेल, बिचित्र पौडेल, रमेश पौडेल, लक्ष्मण गौतम, सूर्यप्रसाद अधिकारी र होमनाथ न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । समावेशी सदस्यतर्फ अनिता अर्याल, अमिर रामदाम, गिता दराई घिमिरे, निरुता विक, पूजा ढकाल, प्रतीमा तामाङ, राजनदिल गुरुङ, र सिन्धु ढकाल निर्विरोध निर्वाचित भएको शाखाका सल्लाहकार तिलकराम रिमालले जानकारी दिए । शाखाबाट केन्द्रीय परिषद् छ जना सदस्यमा खुलातर्फ तिलकराम रिमाल, अनिल ढकाल र शालिकराम नेपाल निर्वाचित भएका छन् भने समावेशी सदस्यमा ईश्वर जोशी, प्रमीता ढकाल र प्रतीमा सिलवाल निर्विरोध निर्वाचित भए । कूल दुई सय ५५ जना सदस्य रहेको शाखाको निर्वाचनमा दुई सय २३ मत खसेको थियो ।
सुनसरीको अध्यक्षमा काफ्ले
महासंघको सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार धरानमा सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा अर्जुन सुवेदी, महिला उपाध्यक्षमा यशोदा सेन, सचिवमा पर्शुराम बाह्रकोटी, सह–सचिवमा विकल रेग्मी, सह–सचिव सदस्यमा वीरेन्द्रकुमार साह, कोषाध्यक्षमा बिबेक रेग्मी र आदिवासीतर्फ विजयकुमार राई निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत हर्ष सुब्बाले जानकारी दिए । यस्तै, केन्द्रीय परिषद् सदस्य महिलातर्फ शुभद्रा प्याकुरेल र समावेशी जनजातीतर्फ नरबहादुर लिम्बु (प्रदिप मेन्याङ्व) निर्विरोध निर्वाचित भएका छन् ।
मोरङको अध्यक्षमा पाठक
महासंघ मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित भएका छन् । निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पाठकले एक १७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नवराज कट्टेलले ५९ मत प्राप्तगरे ।
उपाध्यक्षमा सन्तोष सिग्देल, महिला उपाध्यक्षमा तारा आचार्य र बिनु तिम्सिनाले ८२/८२ वराबर मत प्राप्त गर्नुभएको छ । साथै सचिवमा नेत्र पी अधिकारी, सहसचिवमा रेवतीरमण निरौला, सहसचिव समावेशीमा श्यामसुन्दर सुतिहार र कोषाध्यक्षमा कौशल निरौला विजयी भएका छन् ।
महिला सदस्यमा उषाकुमारी सरदार, दलित सदस्यमा तिलक नेपाली, आदिवासी जनजाती सदस्यमा विद्यानन्द चौधरी, मधेशी सदस्यमा सुनिल यादव र अन्य समावेशी सदस्यमा डुमरलाल मेहता, निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
शाखाको खुला सदस्यहरुमा अनुज सापकोटा, ईश्वर दुलाल, कुमार खड्का, बाबुराम निरौला, मुकेशकुमार यादव र रोशन पोखरेल विजयी भएका छन् ।केन्द्रीय परिषद् सदस्यमा महिलामा चिना थापा, समावेशीमा रुपेन्द्र शेर्मा, खुलातर्फ बिक्रम लुईटेल, सुभाष कार्की र तेजेन्द्र भण्डारी निर्वाचित भएको जनाइएको छ ।
ताप्लेजुङको अध्यक्षमा आचार्य
महासंघ ताप्लेजुङ शाखाको आठौँ जिल्ला अधिवेशनले सुवास आर्चायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनले आर्चायलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरिएको निर्वाचन समितिका संयोजक धर्मप्रसाद पौडेलले जानकारी दिए ।
यस्तै उपाध्यक्षमा सन्तोष पुर्कुटी र महिला उपाध्यक्षमा सङ्गीता कार्की चयन भएका छन् । सचिवमा कृष्ण फुरुम्बो लिम्बू, सहसचिवमा साहारा लंवा लिम्बू र मनमाया लिम्बू (मनु), तथा कोषाध्यक्षमा मदन गौतम निर्वाचित भएको संयोजक पौडेलले बताए ।
कार्यसमितिको सदस्यहरूमा सुनिता रसाइली, किरण विक, तरुण भारती, रञ्जना गुरुङ, दिलकुमार फेम्बो, तेन्जिङ शेर्पा, टीकामाया यक्सो र एलिना दियाली रहेका छन् । यसैगरी प्रदेश परिषद् सदस्यमा दिनेश लिङखिम, सुर्यकुमार लिम्बू (आलोक) र केन्द्रीय परिषद् सदस्यमा राजेन्द्र श्रेष्ठ र चन्द्रबहादुर पन्दाक (प्रयास) निर्वाचित भएका छन् । प्रतिनिधिबीच सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिइएको हो ।
म्याग्दीको अध्यक्षमा गौतम
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम सर्वसम्मत चयन भएका छन् । बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा अन्य उम्मेदवारी नपरेपछि शुक्रबार निर्वाचन समितिले अध्यक्षमा गौतम सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा दलप्रसाद विक र अमृतप्रसाद पौडेल, सचिवमा ठाकुरप्रसाद आचार्य , सहसचिवमा प्रताप बानियाँ र सन्दीप शर्मा रिजाल, कोषाध्यक्षमा साधन राम्जाली मगर, सदस्यमा कमल खत्री र राकेश शर्मा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । केन्द्रीय परिषद् सदस्यमा विनोद शर्मा निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
महासंघ सङ्खुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा मेघराज तामाङ, सहसचिव खुल्ला दुर्गामणि पौडेल,समावेशी सहसचिव सुजन बज्राचार्य र कोषाध्यक्षमा अनिष विष्ट निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृत पदम अधिकारीले जानकारी दिए ।
यसैगरी सदस्यमा सुरेन शाक्य,खेवाहाङ मेवाहाङ,दुर्गा बहादुर कटुवाल र जनक चापागाईँ निर्वाचित भएका छन् । प्रदेश परिषद् सदस्यमा गंगा विष्ट,समिक्षा मगर,माधव सुवेदी र ध्यान बहादुर राई निर्विरोध निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय परिषद् सदस्यमा मोहनकुमार राई निर्विरोध निर्वाचित भएका छन् ।
पाल्पाको अध्यक्षमा तिमिल्सिना
महासंघ पाल्पा जिल्ला शाखाको अध्यक्ष पदमा कमलराज तिमिल्सिना निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्ष, सचिव र दलित सदस्य पदमा निर्वाचन भएको हो । कार्यसमितिको अन्य पदमा निर्विरोध भएको छ । निर्वाचनमा सचिवमा रामचन्द्र रायमाझी र दलित सदस्यमा हरिबहादुर विक निर्वाचिन भएका छन् ।उपाध्यक्षमा मुक्तिप्रसाद न्यौपाने (खुल्ला), बन्दना पोखरेल (समावेशी), कोषाध्यक्षमा विजय बौडेल, सहसचिवमा दुर्गेश मल्ल (खुल्ला), दानबहादुर हिस्की (समावेशी), सदस्यहरुमा सुनिल कार्की, दयाराज न्यौपाने, नेत्र गैरे, दिपक ढुंगाना, सुशीला रेग्मी, धनबहादुर ठाडा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै केन्द्रिय परिषद सदस्यमा यज्ञमुर्ति तिमिल्सिना, सीतादेवी डोटेल र राजेन्द्र लिगल, प्रदेश परिषद सदस्यमा कृष्णप्रसाद पोखरेल, दिपक भट्टराई, पवित्रा घिमिरे र इमानसिंह राना निर्विरोध निर्वाचित भएका छन् ।
रसुवा शाखाको अध्यक्षमा पौडेल
महासंघ रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल चयन भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कविता स्याङ्वा, सचिवमा अषिश तामाङ, सहसचिव खुलामा हिमनाथ देवकोटा, कोषाध्याक्षमा कृष्णप्रसाद न्यौपाने निर्वाचित भएका छन् । यसैगरी कार्यसमितिको सदस्य पदमा विष्णुप्रसाद लामिछाने तथा केन्द्रीय परिषद्द्वयमा सुशील कोइराला र हरिप्रसाद गजुरेल चयन भएको निर्वाचन संयोजक नुर्वु तामाङले जानकारी दिए । तेत्तीस मतदाता रहेकामा ३१ मत मात्र खसेको थियो ।
सिन्धुपाल्चोक शाखाको अध्यक्षमा दङ्गाल
महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्ष पदमा ध्रुव दङ्गाल निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कमला पाख्रिन र दीपक अर्याल, सचिवमा टिका सुवेदी, सहसचिव (खुला) देवराज सुवेदी, सहसचिव सञ्जय तामाङ र कोषाध्यक्षमा दीपक खत्री निर्वाचित भएको निर्वाचन संयोजक अमित घिमिरेले जानकारी दिए । यसैगरी सदस्यहरुमा किरण थापा, प्रितमकुमार तामाङ, विपना तामाङ, निर्मल बस्नेत, सागर खड्का, प्रमिला विक, दिपिन ढुङ्गाना, अर्जुन शर्मा र चण्डिका नेपाली निर्वाचित भएका छन् ।
महासंघको केन्द्रीय पार्षद् सदस्यमा ज्ञानेन्द्र तिमल्सिना, रामकृष्ण थापा र चित्रकुमार मिजार निर्वाचित हुनुभएका छन् । प्रदेश परिषद् सदस्यमा हरिनाथ न्यौपाने, अशोक पराजुली, रुपक पुरी, रुपक कोइराला, कला अनुरागी, रमेश पराजुली र हरिप्रसाद दुलाल निर्विरोध भएका छन् भने अन्य समावेशी सदस्यमा एकल उम्मेदवारी परेपछि राजेन्द्र राणामगर, महिला सदस्य गोमा खत्री, जनजातितर्फबाट फूलमान तामाङ मोक्तान निर्विरोध भएका हुन् ।
त्यसैगरी प्रदेश परिषद् सदस्यमा रुपक पुरी, कला अनुरागी, रमेश पराजुली, हरिनाथ न्यौपाने, अशोक पराजुली, रुपक कोइराला र हरिप्रसाद दुलाल निर्विरोध निर्वाचित भएका छन् । एक सय तीन मतदाता रहेकामा निर्वाचनमा ९८ मत खसेको थियो ।
पर्सा शाखाको अध्यक्षमा खनाल
महासंघ पर्सा शाखाको अध्यक्ष पदमा ओमप्रकाश खनाल विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा नयाँ कार्यसमितिको उपाध्यक्षमा भूषण यादव, महिला उपाध्यक्ष पदमा निलिमा पौडेल निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शत्रुघन नेपालले जानकारी दिए । सचिव पदमा विजय चौहान, सहसचिव समावेशी पदमा एसके चौरसिया, सहसचिव खुला पदमा अजयकुमार चौरसिया विजयी भएका छन् ।
कोषाध्यक्ष पदमा सञ्जीवकुमार मिश्र निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्य पदमा कमला भण्डारी, आदिवासी जनजाति सदस्यमा अजितकुमार भुजेल र मधेसी सदस्यमा आरोहण साह निर्वाचित भएका छन् । अन्य समावेशी सदस्यमा प्रकाशकुमार तिवारी पनि विजयी भएका छन् । खुला सदस्यतर्फ तिवारी यादव, राहुल गुप्ता, श्याम कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेश झा निर्वाचित हुनुहुन्छ ।
त्यस्तै केन्द्रीय परिषद् सदस्यमा महेशचन्द्र गौतम र राघव साह कानु निर्वाचित भएका छन् । पर्सा शाखामा एक सय ६७ मतदाता भए पनि एक सय ६१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
जुम्लाको अध्यक्षमा चौलागाई
महासंघको जुम्ला शाखाको अध्यक्ष पदमा पूर्णप्रसाद चौलागाई निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा नौरेते नेपाली, महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, कोषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुँवर र समावेशी सचिवमा सरिता पराजुली यसअघिनै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ योगीले बताए ।
उनका अनुसार निर्वाचनमा ५४ मतमध्ये ५३ मत खसेको थियो । त्यस्तै सदस्यमा मोहन शाही, टेक हमाल , सीता कुमाई, सपना रावत, सिवानी विक, लक्ष्मी न्यौपाने र प्रभा भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
भक्तपुरमा शिल्पकार
महासंघ भक्तपुर शाखाको अध्यक्ष पदमा सुन्दर शिल्पकार विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा खुला उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्ष महिला नवीना खर्बुजा श्रेष्ठ, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की, समावेशी सहसचिवमा सहसचिव हरिसुन्दर छुँका, कोषाध्यक्षमा रामगोपाल तमखू निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्य सिर्जना खतिवडा, मनोजकुमार फुँयाल, मणिराम लामिछाने, नारायण थापा, सुदर्शन आचार्य, रामसुन्दर खाइजु, राजकुमार लामिछाने, पुष्पाकुमारी साउद, केशवप्रसाद तिमिल्सिना, सदस्य दलितमा अंजिरसिंह विक, सदस्य आदिवासी जनजाति निशा कुस्मा र रेणु त्वानाबासु, निर्वाचित भएका छन् । केन्द्रीय परिषद् सदस्यमा रमेश गिरी, पेशल आचार्य, पूर्ण दुवाल र जीवन ढुङ्गाना विजय हुुनुभएको निर्वाचन अधिकृत बालमुकुन्द सुवावलले जानकारी दिए ।
सप्तरीमा पुनः प्रेस युनियनका देव
महासंघ सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित भएका छन् । प्रेस चौतारी, प्रेस युनियन तथा समाजवादी (प्रेस सङ्गठन)को संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी विजयी प्राप्त गर्नुभएको हो ।
उनका निकटतम प्रतिस्पर्धी प्रेस सङ्गठन र प्रेस मञ्चका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गरे । यहाँ उपाध्यक्षमा देव समूहका अनिल पोखरेल र प्रेस मञ्चका रामनारायण विश्वासले समान ४२/४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी भएका छन् । महिला उपाध्यक्षतर्फ सुधा देव, सचिवमा खगेन्द्र कार्की, सहसचिवमा कृष्णकुमार मण्डल, सहसचिव समावेशीमा डम्वर राई तथा कोषाध्यक्षमा नवीनकुमार गुप्ता विजयी भएको प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिए ।
महिला सदस्यमा रक्षा चौधरी, दलित सदस्यमा किशोर पासवान र आदिवासी, जनजाति सदस्यमा बृजमान तामाङ निर्विरोध निर्वाचित भएका छन् । मधेशी सदस्यतर्फ राससकर्मी अरुणकुमार यादव, समावेशीमा परिष कर्ण र खुला सदस्यतर्फ रामनारायण यादव, उत्तम अर्चाय, नर्मदेव यादव तथा शिव अचार्य निर्वाचित भएका छन् । यहाँ ८५ मतदाता रहेकामा ८४ जनाले मतदान गर्नुभएको थियो ।
ललितपुरको अध्यक्षमा कार्की निर्वाचित
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । कार्कीले दुई सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले ६३ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य सविन शर्माले जानकारी दिए ।
यस्तै, उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् । सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित भएका छन् ।
झापामा पुनः गिरि
महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित भएका छन् । अन्तिम मत परिणामअनुसार गिरि एक सय ३१ मतका साथ विजयी भएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिए । अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत प्राप्तगरे ।
यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने एक सय २२ मतका साथ निर्वाचन हुँदा प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत पाए। सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याएर निर्वाचित भएका छन् ।
यस्तै, खुला सहसचिवमा रमेश तिवारी र दलित सदस्यमा मनकुमार गदाल सर्वसम्मत निर्वाचित भइसक्नुभएको थियो । महासंघको समावेशी सहसचिवमा तिलक योञ्जन एक सय ११ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी चिरञ्जीवी घिमिरेले ८३ मत प्राप्तगरे । कोषाध्यक्षमा मुक्ति पौडेल ९९ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत प्राप्तगरे ।
महासंघको २० सदस्यीय कार्यसमितिको महिला सदस्यमा भूमिका सुब्बा एक सय १२, सन्तोष शर्मा एक सय, आदिवासी जनजाति सदस्य इन्द्रकुमार राई एक सय १०, खुला सदस्यमा अस्मिता साँखी एक सय ४८, इशा प्रधान एक सय ३५, स्वस्तिका आचार्य एक सय ३३, विनोद पाण्डे एक सय ३३, सुदीप अधिकारी एक सय २६, द्रोण अधिकारी एक सय २८, दिपेश राजवंशी एक सय १७, देवेन्द्र प्रसाईं ९५ र भूमिराज पराजुली ९४ मतका साथ निर्वाचित भएका छन् ।
पत्रकार महासंघ झापा शाखामा दुई सय २० सदस्य रहेकामा दुई सय पाँच जनाले मतदान गरेका थिए । २० सदस्यीय कार्यसमितिको १८ पदका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए ।
महोत्तरी शाखामा महेश दास
महासंघ महोत्तरी शाखा अध्यक्षमा महेश दास निर्वाचित भएका छन् । दासले ३२ मत र उनका प्रतिस्पर्धी सन्तोष सिंहले २९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । यसैगरी, उपाध्यक्षमा अरविन्दकुमार झा, महिला उपाध्यक्षमा आशाकुमारी तोलाङ्गी, सचिवमा रामनारायण महतो, सहसचिवमा दीपककुमार पाण्डे, सहसचिव समावेशीमा शर्मिला घिमिरे, कोषाध्यक्षमा राजीवकुमार राय कुर्मी, निर्वाचित भएका छन् । महासंघको समावेशी तर्फ सदस्यमा ममता विश्वकर्मा, रजनी कुमारी, निरञ्जन साह, विष्णु गुप्ता र खुला सदस्यमा उषा आचार्य, जीवनराज दाहाल, टेकप्रसाद पोखरेल, निरुताकुमारी चौधरी, विनयकुमार यादव, रञ्जित कापर, रामबाबु यादव र सरस्वती लामा निर्वाचित भएका छन् ।
धनुषाको अध्यक्षमा पुरन साह
धनुषा शाखाको अध्यक्षमा पुरन साह निर्वाचित भएका छन् । साहले ८२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नित्यानन्द मण्डलले ५१ मत प्राप्तगरे । यसैगरी, उपाध्यक्षमा अवधेश कामतले ७० मत ल्याई विजयी भएका छन् भने उनका प्रतिस्पर्धी सञ्जीवकुमार झाले ४० मत प्राप्तगरे । महिला उपाध्यक्षमा नेहा झा ७७ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी बरुणा कर्णले ४७ मत प्राप्तगरे ।
सचिवमा बटुकनाथ झा ५६ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुभाष कर्ण र विकास साहले ३८–३८ मत प्राप्तगरे । सहसचिव पदमा अर्जुन मण्डल ६४ मतसहित विजयी हुँदा प्रतिस्पर्धी प्रमोदकुमार साहले ६४ मत पाए । सहसचिव समावेशीअन्तर्गत दीपेश मल्लिक ७९ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी भोला यादवले ३९ मत प्राप्तगरे ।
कोषाध्यक्षमा गोविन्द महतो ६८ मतसहित विजयी हुुनुभयो । उनका प्रतिस्पर्धी रामकमल महतोले ५९ मत पाए। दलित सदस्यमा दिलीप दास, महिला सदस्यमा चाँदनी झा, आदिवासी जनजातिमा लक्ष्मी चौधरी, खुल्ला सदस्यमा माला राय, राहुल सिंह, राजा झा, कमलेश ठाकुर, सुमित मिश्र, जीवनारायण झा, सपना कर्ण , समावेशी–मुस्लिम, अपाङ्गता सदस्य मो इन्तखाम आलम विजयी भएका छन् ।
प्रदेश परिषद् सदस्यमा अजयकुमार साह, बबलु चौधरी, कमल साह, उत्तिमलाल कापडी, उमेश झा, दिनेश शर्मा, नवोनारायण झा र अमरकान्त ठाकुर निर्विरोध निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय परिषद् सदस्यमा समावेशीतर्फ महिला सदस्यमा रेणु झा निर्विरोध निर्वाचित भएका छन् भने खुला अजयकुमार झा र मधेशीतर्फ श्रीनारायण साह निर्वाचित भएका छन् ।
सोलुखुम्बुको अध्यक्षमा दर्नाल विजयी
सोलुखुम्बुको अध्यक्षमा राससकर्मी सुवास दर्नाल विजयी भएका छन् । शुक्रबार बेलुका सम्पन्न मतगणनाअनुसार प्रेस युनियनका दर्नाल प्रेस चौतारीका दिलबहादुर राईलाई पराजित गर्दै विजयी भएका हुन् । निर्वाचन अधिकारी नारायणकुमार श्रेष्ठका अनुसार दर्नालले १६ मत प्राप्त गर्दा राईले १५ मत प्राप्त गरेका छन् । खुला उपाध्यक्षमा धनबल राई, महिला उपाध्यक्षमा गार्डेन राई, कोषाध्यक्षमा अमृत थुलुङ (राई), सचिवमा अञ्जु कार्की र सहसचिवमा डिल्ली शर्मा निर्वाचित भएका छन् । यस्तै, सदस्यहरूमा मोतिराम रसाइली, प्रवीण राई, मिलन नाछिरिङ, पवित्रा राई, सुनिल गुरुङ, सविना राई र अर्जुनकुमार मण्डल निर्वाचित भएका छन् ।
एसोसिएट प्रदेश अध्यक्षमा आचार्य विजयी
महासंघ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी भएका छन् । आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी स्मृति ढुङ्गानाले एक सय ९२ मत पाएको निर्वाचन समितिका संयोजक ध्रुव लम्सालले जानकारी दिए ।
उपाध्यक्ष (समावेशी) मा पुष्पा थपलियाले दुई सय १७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी पवित्रादेवी ढकालले एक सय ८६ मत प्राप्तगरे । यस्तै, महासचिवमा अशेष अधिकारीले दुई सय ५४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी भानु भट्टराईले एक सय ६७ मत प्राप्तगरे । अन्य पदमा यस अगाडि नै निर्विरोध रुपमा पदाधिकारी र सदस्य निर्वाचित भएको निर्वाचन संयोजक लम्सालले जानकारी दिए ।
यस्तै, एसोसिएट केन्द्रीय सदस्यतर्फ मनुका कुँवर तीन सय एक र पवित्रा मुडभरी दुई सय नौ मत ल्याएर विजयी भएका छन् ।
महासंघ एसोसिएटअन्तर्गत कार्टुनिष्ट क्लब, चलचित्र पत्रकार संघ नेपाल, चलचित्र समीक्षक समाज, दक्षिण एसियाली पत्रकार, एभरेष्ट प्रेस क्लब, नेपाल खेलकुद पत्रकार मञ्च, नेपाल पत्रकार मञ्च, अनलाइन पत्रकार संघ, पर्यटन पत्रकार मञ्च, पत्रकारिता विकास समाज, फोटो जर्नालिस्ट क्लब र पत्रकारिता अनुसन्धान तथा तालिम समाज रहेका छन् ।
जुम्लाको अध्यक्षमा चौलागाईं
महासंघ जुम्ला शाखाको अध्यक्षमा पूर्णप्रसाद चौलागाईं निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिस्पर्धी नेत्रबहादुर शाहीलाई तीन मत अन्तरले पराजित गर्दै चौलागाईं अध्यक्षमा निर्वाचित भएका निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ योगीले जानकारी दिए । यहाँ कुल ५४ मतदातामध्ये ५३ मत खसेको थियो । अध्यक्ष चौलागाईंले २८ मत प्राप्त गर्दा शाहीले २५ मत प्राप्तगरे । यस्तै वरिष्ठ उपाध्यक्षमा नौरेते नेपाली, महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, कोषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुँवर र समावेशी सचिवमा सरिता पराजुली यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । यस्तै, सदस्यहरूमा मोहन शाही, टेक हमाल, सीता कुमाई, सपना रावत, सिवानी विक, लक्ष्मी न्यौपाने र प्रभा भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । राससको सहयोगमा