काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाजको नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएको छ । शुक्रवार काठमाडौंमा सम्पन्न भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले अन्नपूर्ण पोष्टकी सुनिता कार्कीलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।
यस्तै कान्तिपुरका विमल खतिवडा उपाध्यक्ष, क्लिकमाण्डुका दिनेश खड्का सचिव र आर्थिक अभियान दैनिककी हिमा वि.क कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी संस्थाको कार्यसमिति सदस्य पदमा पूर्वाधार वाचका विष्णु रैगाइ, नयाँ पत्रिकाका पवन तिमिल्सीना, प्राइम टिभीका आशुतोष अर्याल, क्यापिटल नेपालका सर्मिला न्यौपाने, नेपाल पूर्वाधार डट कमका धना ढकाल र इकवीटी नेपालका निर्दोष घोरासाइने निर्विरोध निर्वाचित भएका छन् ।
पूर्वाधार पत्रकार समाज पूर्वाधार क्षेत्रमा कलम चलाउने क्रियाशिल पत्रकारहरूको संस्था हो ।