काठमाडौं । वैशाख २१ गतेदेखि ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर कारोबार सुरु भएको छ । यो दिन स्पेशल प्रि–ओपनिङ सेसनमा कम्पनीको शेयर कारोबार भएसँगै नियमित सेसनमा कारोबार सुरु भएको हो । कम्पनीको पहिलो शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तोकेको अधिकतम मूल्यमै भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता ९० रुपैयाँ ७० पैसादेखि अधिकतम प्रतिकित्ता २७० रुपैयाँ ५१ पैसा मूल्य तोकेको थियो । कम्पनीले वैशाख १७ गते सर्वसाधारण तर्फको १८ लाख कित्ता र सर्वसाधारण तर्फको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गरेको थियो । ओएमपिएल स्टक संकेतबाट कम्पनीको स्पेशल प्रि–ओपनिङ सेसनमा प्रतिकित्ता २७० रुपैयाँमा ४० कित्ता शेयर कारोबार भएको छ ।