काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गते अर्थात् बुधवारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
यी दुई कम्पनीले एक आपसमा गाभिई नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । यी दुई कम्पनी १ः१ शेयर स्वाप अनुपातमा एक आपसमा गाभिएका हुन् ।
गत वैशाख १० गते सम्पन्न यी दुवै कम्पनीको विशेष साधारण सभाले एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेका थिए । मर्जरका लागि नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते यी दुई कम्पनीलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।