काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ४ करोड ५४ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ५ करोड १८ लाख पुगेको हो ।
कम्पनीको विद्युत विक्री आम्दानी भने सामान्य बढेको छ । गत आवमा विद्युत विक्री आम्दानी रू. १९ करोड ८७ लाख रहेकोमा चालू आवमा रू. १९ करोड ८९ लाख कायम भएको छ । त्यस्तै चुक्ता पूँजी रू.१ अर्ब १२ करोड रहेको छ भने तेस्रो त्रैमाससम्ममा कम्पनीले रिटेन्ड अर्निङमा रू. ११ करोड १० लाख सञ्चिती गरेको छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ३६ र प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ९२ रहेको छ । यस त्रैमासिक अवधिमा सुपरमाई ए जलविद्युत आयोजना पूर्ण रुपमा सञ्चालनमा भएको कम्पनीले जानकारी दिएको छ ।