काठमाडौं । विद्युत नियमन आयोगले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक शेयर (आईपीओ) निष्कासनको लागि स्वीकृती प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको रू.१३ करोड ७९ लाख ३५ हजार को आईपीओ निष्काशन गर्ने भएको हो ।
आईपीओ निष्कासनको लागि कम्पनी र कुमारी क्यापिटल बिच सम्झौता सम्पन्न भई कार्य अघि बढीसकेको छ । शेयरको प्रत्याभूतिको कार्य नेपाल एसबिआई क्यापिटलबाट हुनेछ । कम्पनीले ११ मेगावाट क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।
कुमारी बैंक लिमिटेडको अगुवाईमा नेपाल एसविआई बैंक सँगको सहवित्तिय कर्जाबाट आयोजनाको निर्माण कार्य भईरहेको छ । आयोजनाको करिव ७० प्रतिशत कार्य सम्पन्न भएको कम्पनीले जनाएको छ । नुवाकोटको दुप्चेश्वर गाऊँपालिकामा तादि खोलामा यो आयोजनाको निर्माण कार्य भईहरेको छ ।
अब कम्पनीको आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिइ स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।