काठमाडौं (अस) । नेपाल निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा मोहनप्रसाद आचार्य चयन भएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न महासंंघको पहिलो अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रबहादुर कोइराला, उपाध्यक्षमा रामबहादुर बस्नेत, महासचिवमा भक्तिप्रसाद न्यौपाने, सचिवमा भरतकुमार डाँगी, कोषाध्यक्षमा अशोककुमार थापा र सहकोषाध्यक्षमा रास्तु कठायत रहेका छन् । त्यस्तै सदस्यहरूमा बौद्धसिं कठायत, प्रदीप खड्का, राजेश शाही तथा महिला सदस्यमा विष्णु बराल र विजयश्वरी खड्का रहेका छन् । नवनिर्वाचित अध्यक्ष आचार्यले सबैको भावनालाई समेटेर काम गर्ने वातावरण तयार गर्ने बताएका छन् । उनले निर्माण व्यवसायीको चुनौती तथा समस्याको समाधानका लागि आफू जहिल्यै नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार रहेको जानकारी दिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.