भदौ १, काठमाडौं । सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता नियुक्तिका लागि बुधवार सिफारिस गरिएका वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीको शपथ कार्यक्रम शुक्रवार तोकिएको छ ।
नेपालको संविधानअनुसार महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । विसं २००२ मा काठमाडौंको ठमेल गल्कोमा जन्मिएका भण्डारीले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । उनले विसं २०३० देखि वकालत शुरु गरेका थिए । नेपाल बार एशोसिएशनको केन्द्रीय सदस्य हुँदै अध्यक्षमा समेत भण्डारीले प्रतिस्पर्धा गरेका थिए ।
वरिष्ठ अधिवक्ता भण्डारीले संविधान र कानूनअनुसार आफ्नो अनुभव र क्षमतालाई प्रयोग गरेर सकेसम्म प्रभावकारी ढङ्गले सरकारी मुद्दामा प्रतिरक्षा गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.