काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले यही पुस २५ गते १७औं वार्षिक साधारणसभा गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिले काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।
कम्पनीले सभाका लागि लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।