काठमाडौं । सेरेस ब्रान्डले नेपालमा आफ्नो सेवा निरन्तर रूपमा रहेको बताएको छ । नेपालमा सेरेसका सवारीसाधनको अधिकृत वितरक एमएडब्ल्यू अटोमोबाइलले सेरेसको कारोबार नियमित रूपमा चलिरहेको मात्र नभई छिट्टै नै तीनओटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारीसमेत भइरहेको जानकारी दिएको छ । यसले नेपाली बजारप्रति सेरेसको प्रतिबद्धता र यहाँको अटोमोबाइल क्षेत्रभित्र उसको उपस्थितिलाई थप बलियो बनाएको बताइएको छ ।
एमएडब्ल्यू अटोमोबाइलको बलियो विक्री र सेवा संरचनाले सेरेसका ग्राहकलाई प्रत्यक्ष लाभ पुर्याएको बताइएको छ । हालसम्म नेपालभरि ५०० भन्दाबढी सेरेस गाडी विक्री भएको कम्पनीको भनाइ छ, जुन ग्राहकहरूको बढ्दो विश्वास र सेरेसप्रतिको सन्तुष्टि दर्शाउने प्रमाण भएको कम्पनीको भनाइ छ । ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर फैलिएका सेवा केन्द्रको सञ्जालमार्फत सेरेसले गाडीधनीलाई सहज र समयमै सेवा उपलब्ध गराइएको बताइएको छ । देशभर सर्भिस लोकेसनहरूको संख्या बढेसँगै ग्राहकले मर्मत तथा सर्भिसको पहुँच झनै सजिलो रूपमा पाउन थालेको कम्पनीको दाबी छ ।