भदौ १, काठमाडौं । अन्तरराष्ट्रिय क्यामरा फोन ब्राण्ड ओप्पोले एफथ्री मोडलअन्तर्गत ‘एफसी बार्सिलोना’ लिमिटेड एडिशन सार्वजनिक गर्ने घोषणा गरेको छ । केही समयअघि सार्वजनिक गरिएको ओप्पो एफथ्रीकै ‘ब्ल्याक लिमिटेड एडिशन’को सफलतापछि कम्पनीले भिœयाउन लागेको यो दोस्रो लिमिटेड एडिशन हो । सार्वजनिक गर्न लागिएको नयाँ फोनमा गोल्ड प्लेटेड ब्याण्ड्स र एफसी बार्सिलोना लोगोलाई सुहाउने गरी ‘बार्सा रेड’लाई मुख्य रङका रूपमा प्रयोग गरिएको छ । मिड रेञ्ज्ड बजार लक्षित अत्याधुनिक प्रविधि, नवप्रवर्तनात्मक फिचर्सका साथै आकर्षक स्पोर्टी लुक्ससहितको लिमिटेड एडिशनको मूल्य ३४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । डुअल फ्रण्ट क्यामरासहितको फोनमा सेल्फीका लागि १६ मेगापिक्सल क्षमताको र सामूहिक सेल्फीका लागि वाइड एङ्गल लेन्सको व्यवस्था गरिएको छ । चहकिलो रातो मेटल बडीसहितको फोनमा रातो र सुनौलो रङको एफसी बार्सिलोनाको लोगो रहेको छ । ओप्पोले एफथ्री एफसी बार्सिलोना लिमिटेड एडिशनका माध्यमबाट खेलप्रेमी युवासँगको सम्बन्ध थप प्रगाढ बनाउने लक्ष्य कम्पनीले लिएका छ । उपभोक्ताका आवश्यता र चाहनाअनुरूपका उत्पादन उपलब्ध गराई तिनलाई पूर्ण सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धताअनुरूप नयाँ लिमिटेड एडिशन नेपाली बजारमा भिœयाउन लागिएको कम्पनीले जानकारी दिएको छ । ओप्पोको एफसी बार्सिलोना लिमिटेड एडिशन भदौ ३ देखि देशभरका प्रमुख विक्रिकेन्द्रमार्फत उपलब्ध हुनेछ । डुअल सेल्फी क्यामराका साथै एफथ्रीमा १ र ३ इञ्च सेन्सर र पीडीएएफ प्रविधिसहितको १३ मेगा पिक्सल क्षमताको रियर क्यामरा छ । साथै, कलर ओएस ३.० मा आधारित एफथ्रीमा ओक्टाकोर प्रोशेसर, चार जीबी ¥याम र ६४ जीबी रोम उपलब्ध छ । फोनमा एकैपटक दुईओटा नानो सिम र माइक्रोएसडी कार्ड प्रयोग गर्न सकिने ट्रिपल स्लोट कार्ड ट्रे पनि छ । यसमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.