logo
ओरियण्टल होटल्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
ओरियण्टल होटल्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
१० आश्विन २०८०

काठमाडौं । ओरियण्टल होटल्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गरेकाले भोलि सार्वजनिक विदाका कारण आजसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ दशलमव २६३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज २५ गते साधारण सभा बोलाएको छ । सभा ललितपुर जाउलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा उक्त दिनको ११ बजे शुरु हुने जानकारी दिएको छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.