logo
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
१ श्रावण २०८१

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले साउन १ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ तथा डिजेल र मट्टीतेलमा ३ रुपैयाँ मूल्य बढाएको हो ।

अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका उपभोक्ताले पेट्रोलका लाग १६८ रुपैयाँ ५० पैसा र मट्टीतेलका लागि १५७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । त्यसैगरी सुर्खेत र दाङका उपभेक्ताले पेट्रोललाई १७० रुपैयाँ र डिजेल तथा मट्टीतेलका लागि प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । काठमाडौं, पोखरा र दिपायलका सर्वसाधारणले भने पेट्रोललाई १७१ तथा डिजेल र मट्टीतेललाई प्रतिलिटर १६० रुपैयाँ तिर्नुपर्ने छ । सोमवार सम्पन्न निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य बढाउने निर्णय गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । 

हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ । इन्डियन आयल कर्पोरेशनबाट सोमवार प्राप्त नयाँ खरीद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ४८ पैसा र डिजेलमा २ रुपैयाँ ८३ पैसा मूल्य बढेर आएकाले स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले बताएको छ । 
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.