logo
फागुनमा थपियो १९ करोड ३० लाखभन्दा बढी धितोपत्र
फागुनमा थपियो १९ करोड ३० लाखभन्दा बढी धितोपत्र

काठमाडौं । फागुनमा धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १९ करोड ३० लाख ५६ हजार २४३ दशमलव ९७ कित्ता शेयर थपिएको छ ।

दुई कम्पनीको हकप्रद शेयर, दुई कम्पनीको म्युचुअल फण्ड, ऋणपत्र, एक कम्पनीको थप शेयर र बाँकी १० कम्पनीको बोनस शेयरबापत उल्लेखित कित्ता धितोपत्रको दोस्रो बजारमा थपिएको हो । 

गरिमा समृद्धि योजनाको १२ करोड ५० लाख इकाई, सान्जेन जलविद्युत कम्पनीको ३६ लाख ५० हजार कित्ता थप शेयर र आईसिएफसी फाइनान्सले निष्कासन गरेको ९ प्रतिशत आईसिएफसी फाइनान्स डिबेञ्चर २०८८ नामक ऋणपत्रको ३ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । 

त्यस्तै लिवर्टी इनर्जी कम्पनीको ७५ लाख कित्ता र एनएलजी इन्स्योरेन्सको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । 

यीबाहेक ग्लोबल आइएमई बैंकको १ करोड ९८ लाख ७० हजार ८२३ दशमलव ६३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । त्यस्तै स्ट्याडर्ड चार्टर्ड बैंक शिवम सिमेन्ट, कृषि विकास बैंक, हिमालयन डिष्टीलरी, सानिमा माई हाइड्रोपावर, छिमेक लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, फर्ष्ट माइक्रो फाइनान्स र नेपाल ल्युब आयल लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । 

यी धितोपत्र दोस्रो बजारमा कारोबारयोग्य भइसकेको अवस्थामा सम्बन्धित शेयरधनीहरूले आफ्‌नो खातामा आएको वा नआएको यकिन गर्न कम्पनीहरूले आग्रह गरेका छन् । दोस्रो बजारमा सूचीकृतपश्चात सम्बन्धित कम्पनीहरूले शेयरधनीको हितग्राही खातामा यी धितोपत्र जम्मा गरेका छन् ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.