काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नाफासँगै न्याभ घटेको छ ।
फण्डले माघ मसान्तमा रू. ७ करोड २१ लाख नाफा कमाएकोमा फागुन मसान्तमा घटेर रू. ६ करोड ७९ लाखमा सिमित भएको हो । फागुन मसान्तमा फण्डको आम्दानीमा घटेकाले नाफा प्रभावित भएको हो । माघ मसान्तमा फण्डको आम्दानी रू. ८ करोड ५८ लाख रहेकोमा फागुन मसान्तमा घटेर रू. ५ करोड ९७ लाखमा सिमित भएको हो ।
त्यस्तै फण्डको न्याभ पनि माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ६२ पैसा रहेकोमा फागुन मसान्तमा घटेर १० रुपैयाँ ५९ पैसामा सिमित भएको हो ।
फण्डले सूचीकृत शेयरमा लगानी पनि माघ महीनाको तुलनामा फागुनमा केही घटाएको छ । माघ मसान्तमा फण्डको सूचीकृत शेयरमा रू. ८५ करोड १९ लाख लगानी गरेकोमा फागुन मसान्तमा घटाएर रू. ८३ करोड ९६ लाखमा झारेको हो । फागुन मसान्तसम्ममा फण्डले बैंक मुद्धति निक्षेपमा रू. १५ करोड लगानी गरेको छ ।