काठमाडौं । बाराही हाइड्रोपावरले सञ्चालन गर्दै आएको ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।
लगातारको वर्षाका कारण असार २२ गते खसेको पहिरोले १.५ मेगावाट क्षमताको आयोजनाको इन्टेक र ग्राभेल ट्यापको बीचको संरचना क्षति पुर्याएको र विद्युत गृहमा पानी पठाउने बाटो अवरुद्ध भएकोले असार २२ गतेबाटै विद्युत उत्पादन बन्द भएको कम्पनीले जनाएको छ ।
यस आयोजना बागलुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको कुश्मीसेरास्थित ठेउले खोलामा सञ्चालन रहेको छ ।
वर्षा निरन्तर भइरहेकोले पहिरो पन्छाउन कठिन भइरहेको र पहिरो हटाउनलाई टोली खटाइसकेको कम्पनीले नेप्से मार्फत जानकारी गराएको छ ।