logo
पोखरा विमानस्थल नजिकै सेती खोंचमा यति एयरलाइन्सको विमान दुर्घटना [ब्रेकिङ]
पोखरा विमानस्थल नजिकै सेती खोंचमा यति एयरलाइन्सको विमान दुर्घटना [ब्रेकिङ]
१ माघ २०७९

काठमाडौं । पोखरा विमानस्थल नजिकै यति एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

पोखरा महानगरपालिका–१५, सीताराम प्लट नजिकै सेती खोंचमा यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएको स्थानीय दिवस बोहराले जानकारी दिए । दुर्घटनाग्रस्त विमानमा आगो लागेकाले धुँवा आइरहेको उनले बताए ।  

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार काठमाडौंबाट पोखराका लागि उडेको विमान केही बेरअघि दुर्घटना भएको हो । घटनाको थप विवरण आउन बाँकी छ । 

विमानमा चालक दलका ४ जनासहित ७२ जना रहेको बताइएको छ । 

थप समाचारहरू :

कसले खिचेका थिए पोखरा विमान दुर्घटनाको भाइरल भिडियो ? ‘खिचेको ५ सेकेण्डमै दुर्घटना’

यती एयरलाइन्सको विमान दुर्घटनाको समाचार ब्रेक गर्दा...

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.