चितवन। प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्य र उनीहरूका परिवारले पुष्पाञ्जली हस्पिटलमा छूट पाउने भएका छन् । छूटसम्बन्धी सम्झौतामा हस्पिटलका अध्यक्ष चेतनाथ वाग्ले र सहकारीका अध्यक्ष साधना पोख्रेल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा सहकारीका सदस्य तथा परिवारका सदस्यको स्वास्थ्य परीक्षणमा २५ प्रतिशत छूटको व्यवस्था गरिएको छ । यस्तै, प्रयोगशाला परीक्षण, बेड सेवा, ईसीजी, भिडियो एक्सरे, सिटी स्क्यानलगायतका सेवामा पनि खेलाडीले २५ प्रतिशतसम्म छूट सुविधा पाउने भएका हुन् । यस्तै औषधिमा ७ प्रतिशत छूट सुविधा हुने छ । हस्पिटलका अध्यक्ष वाग्लेले रक्तदान, महिलाहरूको पाठेघर जाँच, सचेतना कार्यक्रमसँगै ‘जनतासँग अस्पताल’ कार्यक्रम लिएर घर घरमा पुगेर सेवा दिने सोचमा अस्पताल रहेको बताए ।