काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार अरण्य बुटिक होटल एण्ड रेष्टुरेष्ट नागपोखरीमा सम्पन्न भएको सभाले प्रस्तावित ६ दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरणलाई अनुमोदन गरेको छ ।
त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको हो ।
सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, थप संशोधन गर्नु परेमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव अनुमोदन गरेको छ ।