काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले पदबाट राजीनामा दिएका छन् ।
माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत तिमिलाले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ ।