काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले २९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभा शुक्रवार लिसारा रिसेप्सन नक्साल काठमाडौंमा सम्पन्न गरेको हो । सभाले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै सभाले यस प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स मर्जर प्रस्तावलाई पनि पारित गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २२ गते देखि आज सम्म बुक क्लोज गरेको थियो ।यस बुक क्लोजको आधारमा पुस २१ गते सम्म कायम शेयरधनीले लाभांश पाउन योग्य छन् ।