काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले १५ लाख १४ हजार २५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला गरेको छ । चैत ३१ गतेदेखि कम्पनीले प्रतिकित्ता ११० रुपैयाँ मूल्य तोकेर यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि इच्छुक योग्य व्यक्ति तथा संस्थाहरुले वैशाख १४ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त आवेदन विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा खोलिने कार्यक्रम तय भैसकेको छ ।