काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ६ हजार कित्ता शेयर विक्रीमा राखेको छ । कम्पनीले इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले खरीद गर्न पाउने गरी शेयर विक्रीमा राखेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ । शेयर खरीदका लागि आवेदन दिन घटीमा १०० कित्ता र बढीमा सबै कित्ता शेयर खरीदको माग गर्न सक्नेछन् ।
यस आधारमा १०० कित्ता शेयर खरीदका लागि न्यूनतम ४५ हजार रुपैयाँ लाग्नेछ ।
शेयर खरीद गर्न इच्छुक व्यक्तिले माघ २८ गतेभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
बोलपत्र विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंमा बुझाउनु पर्नेछ ।