काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभा बैठक चलिरहेको छ ।
बिहान ११ बजे शुरु भएको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष (आव)को नीति तथा कार्यक्रममाथि आ-आफ्नो धारणा राखिरहेका छन् ।
प्रतिनिधिसभामा गत सोमवारदेखि नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।
राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्ने छ ।