काठमाडौं । चालू आर्थिक वर्षको ९ महीनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८ अर्ब ९६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । याे रकम इक्विटी मात्र हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४९ करोड रुपैयाँ भित्रिएको थियो ।