काठमाडौं । पछिल्लो एक महीना अवधिमा अन्य समूहको सूचक १७ दशलमव ७३ प्रतिशत वृद्धि भएको छ । यस समूहको सूचक गत माघ २२ गते २ हजार १३६ दशमलव ४३ रहेकोमा फागुन २२ गते बढेर २ हजार ५१५ दशमलव १९ विन्दुमा पुगेको छ ।
यस समूहका दुई पुर्नबीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा वृद्धि भएसँगै समूहगत सूचक बढेको हो । यी दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
यी कम्पनी पूँजी वृद्धि अभियानमा रहेकाले आगामी दिनमा आकर्षक बोनस शेयर र हकप्रद शेयर मार्फत पूँजी बढाउने भएकाले लगानीकर्ताको राजाईमा परेका हुन ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ भने नेपाल रिइन्स्योरेन्सले पनि पूँजी पुर्याउन हकप्रद शेयर र बोनस शेयरलाई जोड दिन सक्ने विश्वासले पनि कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण परेको देखियो । नेपाल बीमाप्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्ता पूँजी रू. २० अर्ब पुर्याउन निर्देशन दिएको छ । नेपाल रिइन्स्योरेन्सको चुक्ता पूँजी रू. १३ अर्ब ४२ करोड र हिमालयन रिइन्स्योरेन्सको रू.१० अर्ब ४० करोड रहेको छ ।
दोस्रोमा वित्त समूहको सूचक ९ दशमलव ७२ प्रतिशत वृद्धि भएको छ । गत माघ २२ गते यस समूहको सूचक २ हजार ५३६ दशमलव ०५ रहेकोमा २ हजार ७८२ दशमलव ५९ पुगेको हो ।
यस एक महीना अवधिमा नेप्सेमा कारोबारमा आउन १३ समूहगत सूचकमध्ये पाँच समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको हो ।
घट्नेमा सबैभन्दा बढी ब्यापार समूहको सूचक ३ दशमलव ४३ प्रतिशत घटेको छ । यस समूहको सूचक गत माघ २२ मा ४ हजार ४२६ दशमलव १३ रहेकोमा यस फागुन २२ मा ४ हजार २७४ दशमलव ४७ विन्दुमा झरेको हो ।
साथै यस एक महीना अवधिमा नेप्से परिसूचक ३ दशलमव ७७ प्रतिशत वृद्धि भएको छ । गत माघ २२ मा नेप्से २ हजार ७१५ दशमलव ९१ रहेकोमा हिजो अर्थात फागुन २२ मा २ हजार ८१८ दशमलव ४३ पुगेको छ ।