काठमाडौं । नयाँ शैक्षिक सत्र शुरू भएसँगै अभिभावकलाई कुन विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्ने भन्ने चिन्ताले सताउँछ । अन्य खर्च कटाएर भए पनि छोराछोरीलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने मान्यता पछिल्लो समय स्थापित हुँदै गएको छ ।
मानिसको यही मानसिकतालाई ध्यानमा राख्दै अहिले बालबालिकाको सर्वांगीण विकास गर्ने उद्देश्यसहित विद्यालयहरू खुलेका छन् । विदेशी बोर्डले मान्यता दिएका विद्यालय खोल्ने क्रम पनि बढ्दो छ । खर्च तुलनात्मक रूपमा बढी हुने भए पनि यस्ता विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न अभिभावकहरू लालायित हुने गरेका छन् ।
लामो समय विद्यालय शिक्षामा अनुसन्धान गरेका शिक्षाविद् विनय कुसियतका अनुसार परीक्षामा उच्च अंक हासिल गर्ने भन्दा पनि विद्यार्थीको सर्वांगीण विकास गर्ने, उनीहरूलाई सृजनशील बनाउने खालको शिक्षा दिनुपर्छ भन्ने मान्यतालाई अभिभावकले स्वीकार्दै गएका छन् । ‘यस्तो शिक्षाका लागि उनीहरू थप खर्च गर्न पनि तयार छन्,’ उनले भने ।
सरकारी विद्यालयको शिक्षाको गुणस्तर चित्त नबुझेर निजी विद्यालयमा पढाउनेको संख्या ह्वात्तै बढेको सरकारी तथ्यांकले पनि देखाउँछ । त्यसैले शिक्षामा मानिसको खर्च पनि बढ्दो छ । साविकको राष्ट्रिय तथ्यांक विभाग (हाल राष्ट्रिय तथ्यांक कार्यालय)ले गरेको घरपरिवार सर्वेक्षण २०७३–७४ अनुसार नेपालीहरूले घरपरिवारको आयको औसत ४ दशमलव १ प्रतिशत शिक्षामा खर्च गर्छन्, जसलाई राष्ट्रिय रूपमा गणना गर्दा १ खर्ब १९ अर्ब रुपैयाँ हुने शिक्षा मन्त्रालयले २०७८ सालमा निकालेको प्रतिवेदनमा उल्लेख छ ।घरपरिवार सर्वेक्षण अनुसार शहरी क्षेत्रमा भने शिक्षामा हुने खर्च घरपरिवारको आयको ५ दशमलव ५ प्रतिशत रहेको छ ।
‘सुविधायुक्त र सृजनशीलतामा जोड गर्ने विद्यालयमा पढाउन अभिभावक तयार भए पनि अनावश्यक सेवा पनि अभिभावकलाई भिडाएर पैसा धेरै असुल्ने प्रवृत्तिले ठाउँ पायो कि भन्ने प्रश्न पनि उठको छ,’ कुसियतले भने ।
आजको जमानामा धेरै अंक हासिल गर्ने खालको शिक्षा भने खासै काम नलाग्ने उनको विचार छ । ‘राम्रो शिक्षाका लागि लागत त लाग्छ नै, त्यो तिर्न अभिभावकहरू पनि तयार छन्,’ उनले भने । तर राम्रो शिक्षा दिने दाबी गर्ने निजी विद्यालयहरू धेरै छन् । कसरी राम्रो विद्यालय छनोट गर्ने भन्ने कठिनाइ प्रत्येक अभिभावकले भोगिरहेका हुन्छन् ।
अर्का शिक्षाविद् विद्यानाथ कोइराला धेरै विद्यालयले एकै खालका सुविधा देखाई राम्रो शिक्षा दिने दाबी गर्ने गरेकाले विद्यालय छान्न अभिभावकलाई अन्योल भइरहेको बताउँछन् । ‘विविधता भयो भने छान्न सजिलो हुने हो, एकरूपता भएको ठाउँमा के छान्ने भन्ने प्रश्न उठ्छ,’ उनले भने । उनको विचारमा अभिभावकले पढाइका साथै गरिखाने शीप सिकाउने विद्यालय छान्नुपर्छ । ‘अहिले सिकेको शीपले नै भोलि करिअरको बाटो देखाउँछ । विद्यार्थीले त्यस्तो विद्यालय छानून्, जसले उनीहरूको व्यावसायिक करिअरमा सहयोग पुगोस् ।’
शिक्षाविद्हरूले सुझाएजस्तै सैद्धान्तिक र व्यावहारिक ज्ञान दिने दाबीसहित थुप्रै विद्यालय काठमाडौं उपत्यकामा खुलेका छन् । केही विद्यालय राम्रो शिक्षा दिने भनेर स्थापित पनि भएका छन् । यस्ता विद्यालयमध्ये काठमाडौंको काव्या स्कुलले पनि विद्यार्थीलाई आकर्षित गर्न सकेको देखिन्छ ।
विद्यालयका प्रिन्सिपल नवराज बास्कोटाको दाबी छ– नेपालमा १४ वर्षअघि एकीकृत पाठ्यक्रम भित्र्याउने पहिलो स्कूल काव्या हो । ‘नेपाल सरकारले पनि ३–४ वर्ष अघिदेखि एकीकृत पाठ्यक्रमको अवधारणा ल्याएकाले हामीलाई झन् सहज भएको छ । हामी बालबालिकाको सर्वांगीण विकासमा ध्यान दिन्छौं,’ उनले भने ।
उनका अनुसार काव्या स्कुलले विद्यार्थीलाई समस्याको समाधान, समीक्षात्मक विश्लेषण र नेतृत्व विकास जस्ता कुरा सिकाउँछ । ‘परीक्षामा कति नम्बर ल्याउने भन्दा पनि जीवनमा काम लाग्ने शीप सिकाउँछौं,’ उनले भने ।
उस्तै खालको दाबी नयाँ आयाम मल्टिडिसिप्लिनरी इन्स्टिच्युट (नामी)को पनि छ । यसै वर्षदेखि यो विद्यालयले प्राथमिक कक्षा सञ्चालनमा ल्याएको छ । नामीले सन् २०१३ देखि १०+२, सन् २०१४ देखि ए–लेभल तथा स्नातक कार्यक्रम र सेप्टेम्बर २०२३ देखि स्नातकोत्तरका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नामीमा मार्केटिक शाखाका सहायक व्यवस्थापक आरोहण कार्कीले शिक्षामा ‘प्रोग्रेसिभ एप्रोच’ अनुसरण गरेको बताए । ‘हामी ग्रेड १ देखि मास्टर्ससम्म एउटै ठाउँबाट गुणस्तरीय शिक्षा प्रदान गर्छौं, नामीले सीधै युलेन्स स्कुलको एप्रोचमा पढाउने गरेको छ, जसअनुसार हामी पहिला पढ्न सिकाउँछौं, पढ्न सिकेपछि मात्रै पाठ्यक्रमका विषयवस्तु पढाउनुपर्छ भन्ने मान्यता राख्छौं,’ कार्कीले भने, ‘अतिरिक्त क्रियाकलापमा हाम्रो विशेष जोड हुन्छ । यसअन्तर्गत हामी तेक्वान्दो, कराँते, नाच, नाटकलगायत सिकाउँछौं । तल्लो कक्षाबाटै विद्यार्थीलाई यस्ता कुरा सिकाएमा पछि उनीहरूलाई करिअरमा राम्रो हुन्छ ।’
विद्यालयहरूले राम्रो शिक्षा दिने दाबी गरिरहँदा उनीहरूले लिने शुल्कको पनि चर्चा हुन्छ । नामीले भने शुल्क धेरै महँगो र सस्तो दुवै नरहेको कार्कीले बताए । ‘स्कूलको शुल्क औसतमा ३० हजार रुपैयाँ जति छ, जसमा विद्यार्थीको मासिक शुल्कदेखि, तीन समयको खाना र स्टेशनरी आदि पर्छ । किताबबाहेक यही शुल्कमै अरू खर्च समेटिन्छ ।’
शिक्षाविद्हरू शिक्षाको गुणस्तर अनुसार शुल्क अलिकति बढी हुनु स्वाभाविक भए पनि सबै विद्यालयले शुल्क अनुसार सुविधा दिएकोमा शंका व्यक्त गर्छन् । ‘कतिपय विद्यायलले आवश्यक नै नहुने सुविधा पनि राखेका हुन्छन्,’ कुसियतले भने, ‘कतिपयले दाबी गरे अनुसार सुविधा दिएका छन् त भन्ने प्रश्न पनि उठ्छ ।’
यस्ता छन् नामीका दामी विशेषता
नयाँ आयाम मल्टिडिसिप्लिनरी इन्स्टिच्युट (नामी) नेपालमा विश्वस्तरीय शिक्षा प्रदान गर्न, युवा विकासलाई बढावा दिन र विद्यार्थीलाई द्रुत गतिमा परिवर्तन भइरहेको विश्वका लागि तयार गर्न प्रतिबद्ध छ ।
शिक्षा मन्त्रालयबाट अनुमतिप्राप्त नामीका कार्यक्रमले ए लेभल, स्नातक र स्नातकोत्तरका कार्यक्रम लगायत प्राथमिकदेखि उच्च शिक्षा तहसम्मका विद्यार्थीलाई समेट्छन् ।
नामी विश्व नागरिकको अवधारणा र नवीनता (इन्नोभेसन)मा जोड दिँदै सफलताका लागि आवश्यक शीप र मान्यताहरू बोकेको जिम्मेवार व्यक्ति बनाउन प्रयासरत छ । यसले सन् २०१३ देखि १०+२, सन् २०१४ देखि ए–लेभल तथा स्नातक कार्यक्रम र सेप्टेम्बर २०२३ देखि स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएकोमा सन् २०२४ देखि प्राथमिक विद्यालयको अंग समेटेको छ ।
नामीको शिक्षण दृष्टिकोणले मुख्य विषयलाई विशेष क्षेत्रहरूसँग एकीकृत गर्दछ । साथै विद्यार्थीको रचनात्मकता, आलोचनात्मक सोच र प्रयोगात्मक शिक्षामा जोड दिन्छ ।
नामीको शिक्षण दृष्टिकोणले मुख्य विषयलाई विशेष क्षेत्रहरूसँग एकीकृत गर्दछ । साथै विद्यार्थीको रचनात्मकता, आलोचनात्मक सोच र प्रयोगात्मक शिक्षामा जोड दिन्छ । यसको प्राथमिक विद्यालयले एक गतिशील शैक्षिक वातावरण प्रदान गर्दछ, जसले विद्यार्थीलाई विभिन्न क्रियाकलापमा अधिकतम संलग्न गराउनुका साथै समग्र सिकाइ अनुभव प्रदान गर्छ । यसैगरी प्रत्येक कक्षाकोठामा विद्यार्थी र शिक्षकहरूबीच घनिष्ठ सम्बन्ध कायम गर्दै सिकाइको अनुकूल वातावरण तयार गर्दछ । नामीको हाईस्कूल स्तरमा व्यवस्थापन र विज्ञान संकायका कार्यक्रम सञ्चालन हुन्छन् । विद्यार्थीको करिअरका लागि विभिन्न मार्ग तयार पारिन्छ ।
नामीको ए–लेभल कार्यक्रम, क्याम्ब्रिज एसेसमेन्ट इन्टरनेशनल एजुकेशनद्वारा मान्यता प्राप्त रहेको छ । ए–लेभलको पढाइले व्यावहारिक शीप प्रदान गरी विश्वविद्यालय ढोका खोल्छ र जीवनमा सफलताको मार्ग प्रशस्त गर्छ । नामीमा पुस्तकालय, खेलकुद सुविधा, आधुनिक कक्षाकोठा सेटअप, सुविधासम्पन्न प्रयोगशाला लगायत आधुनिक सुविधा उपलब्ध छन्, जसले अनुकूल सिकाइको वातावरण सुनिश्चित गर्छ ।
नामीमा अध्ययन गर्ने विद्यार्थीमा सिक्ने उत्साह हुन्छ । यस संस्थाले योग्य विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँछ । साथै आजको गतिशील संसारमा सफल हुन स्तरीय ज्ञान, शीप र चेतना प्रदान गर्छ ।
- नयाँ आयाम मल्टिडिसिप्लिनरी इन्स्टिच्युट (नामी) नेपालमा विश्वस्तरीय शिक्षा प्रदान गर्न, युवा विकासलाई बढावा दिन र विद्यार्थीलाई द्रुत गतिमा परिवर्तन भइरहेको विश्वका लागि तयार गर्न प्रतिबद्ध छ ।
- शिक्षा मन्त्रालयबाट अनुमतिप्राप्त नामीका कार्यक्रमले ए लेभल, स्नातक र स्नातकोत्तरका कार्यक्रम लगायत प्राथमिकदेखि उच्च शिक्षा तहसम्मका विद्यार्थीलाई समेट्छन् ।
नामी विश्व नागरिकको अवधारणा र नवीनता (इन्नोभेसन)मा जोड दिँदै सफलताका लागि आवश्यक शीप र मान्यताहरू बोकेको जिम्मेवार व्यक्ति बनाउन प्रयासरत छ । यसले सन् २०१३ देखि १०+२, सन् २०१४ देखि ए–लेभल तथा स्नातक कार्यक्रम र सेप्टेम्बर २०२३ देखि स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएकोमा सन् २०२४ देखि प्राथमिक विद्यालयको अंग समेटेको छ ।
नामीको शिक्षण दृष्टिकोणले मुख्य विषयलाई विशेष क्षेत्रहरूसँग एकीकृत गर्दछ । साथै विद्यार्थीको रचनात्मकता, आलोचनात्मक सोच र प्रयोगात्मक शिक्षामा जोड दिन्छ । यसको प्राथमिक विद्यालयले एक गतिशील शैक्षिक वातावरण प्रदान गर्दछ, जसले विद्यार्थीलाई विभिन्न क्रियाकलापमा अधिकतम संलग्न गराउनुका साथै समग्र सिकाइ अनुभव प्रदान गर्छ । यसैगरी प्रत्येक कक्षाकोठामा विद्यार्थी र शिक्षकहरूबीच घनिष्ठ सम्बन्ध कायम गर्दै सिकाइको अनुकूल वातावरण तयार गर्दछ ।
नामीको हाईस्कूल स्तरमा व्यवस्थापन र विज्ञान संकायका कार्यक्रम सञ्चालन हुन्छन् । विद्यार्थीको करिअरका लागि विभिन्न मार्ग तयार पारिन्छ ।
नामीको ए–लेभल कार्यक्रम, क्याम्ब्रिज एसेसमेन्ट इन्टरनेशनल एजुकेशनद्वारा मान्यता प्राप्त रहेको छ । ए–लेभलको पढाइले व्यावहारिक शीप प्रदान गरी विश्वविद्यालय ढोका खोल्छ र जीवनमा सफलताको मार्ग प्रशस्त गर्छ । नामीमा पुस्तकालय, खेलकुद सुविधा, आधुनिक कक्षाकोठा सेटअप, सुविधासम्पन्न प्रयोगशाला लगायत आधुनिक सुविधा उपलब्ध छन्, जसले अनुकूल सिकाइको वातावरण सुनिश्चित गर्छ ।