राष्ट्रिय लेखा शाखामा डा. भट्टराई
केन्द्रीय तथ्याङ्क विभागको राष्ट्रिय लेखा अनुमान गर्ने शाखाको प्रमुखमा डा. जिष्णुमोहन भट्टराई नियुक्त भएका छन् । डा. जिष्णुमोहन भट्टराई यसअघि लामो समयसम्म यस शाखामा कार्यरत थिए । नेपालमा केन्द्रीय तथ्याङ्क विभागको यस शाखाले कुल गार्हस्थ्य उत्पादन, उपभोग, बचत, पूँजीनिर्माण, लगानीजस्ता समष्टिगत आर्थिक परिसूचक तथा राष्ट्रिय लेखासम्बन्धी तथ्याङ्कको आँकलनजस्ता सूचकको अनुमान प्रकाशन गर्दै आइरहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.