असार १, काठमाडौं । बुधवार नेप्सेमा रिभर फल्स पावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ ।
कम्पनीको ७० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर कारोबार बिहीवारदेखि कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. ८७ दशलमव ९८ देखि २६३ दशमलव ९४ तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको ७ लाख कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको २७ लाख ३० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी कुल ७० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
साथै, कम्पनीले सूचीकरण पछि दिनुपर्ने आरटिएस सेवा प्रभु क्यापिटल लिमिटेडबाट हुने जानकारी दिएको छ ।