काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले यही जेठ २३ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । वैशाख ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय वीरेन्द्रनगर, सुर्खेतमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । बैठकले सर्वसाधारण शेयरधनीहरूबाट दुईजना सञ्चालकको निर्वाचन तथा नियुक्तिको कार्यक्रम सभाका लागि तय गरेको छ ।
यस कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गरिसकेकाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरूको समेत प्रतिनिधित्व गराउन लागेको हो । सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।