काठमाडौँ । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सगरमाथा आरोहणको अनुमति लिएका छन् ।
उनलाई पर्यटन विभागले सगरमाथा आरोहणका लागि अनुमतिपत्र प्रदान गरेको हो । यसअघि उनले खुम्बु क्षेत्रमा नै रहेको ६ हजार ११९ मीटर अग्लो लोबुचे हिमालको आरोहण गरिसकेका छन् । उनी अहिले आरोहण अभ्यासको प्रशिक्षणका लागि सगरमाथाको आधारशिविरमा रहेको उल्लेख उनले सामाजिक सञ्जाल फेसबुकमा गरेका छन् ।