काठमाडौं। स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी सि६७ फाइभजी र रियलमी नार्जो एन६१ सार्वजनिक गरेको छ । रियलमी सि६७ फाइभजीमा ५० मेगापिक्सेलको थ्रीएक्स इन सेन्सर जुम क्यामेरा, मिडिया टेक डाइमेन्सिटी ६१०० र १२८ जिबीसम्मको स्टोरेज क्यापासिटी उपलब्ध रहेको बताइएको छ । क्वालिटी र इफिसियन्सीको खोजी गर्ने प्रयोगकर्ताले यस स्मार्टफोनमा उत्कृष्ट प्रदर्शन र कार्यक्षमता प्राप्त गर्न सक्ने कम्पनीको अपेक्षा छ ।
कम्पनीले रियलमी नार्जो एन६१ समेत ल्याएको बताइएको छ । आर्मर प्रोटेक्सन, उच्च पर्फर्मेन्स, टप टियर क्यामेरा र धेरै समयसम्म टिक्ने ब्याट्रीसहित आएको रियलमी नार्जो एन६१ ले नेपाली प्रयोगकर्ताको मन जित्ने विश्वास कम्पनीको छ ।
रियलमीका हेड अफ स्ट्राटेजी एण्ड रिसर्च मुनिस गिरीले रियलमी सि६७ फाइभजी ५० मेगापिक्सेलको थ्रीएक्स इन सेन्सर जुम क्यामेरा र स्न्यापड्रागन चिपसेटले प्रयोगकर्तालाई उत्कृष्ट प्रविधिमा पहुँच पुर्याउने अपेक्षा गरे । त्यस्तै एन्ट्री लेभल फोनको पर्फर्मेन्स र टिकाउपनलाई चुनौती दिने हिसाबले नार्जो एन६१ को डिजाइन गरिएको उनको भनाइ छ । डार्क पर्पल रंगमा उपलब्ध रियलमी सि६७ फाइभजीको मूल्य रू. २१ हजार ९९९ र नार्जो एन६१ को मूल्य रू. १३ हजार ४९९ रहेको बताइएको छ ।