काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले मंसिर १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको हो ।
होटलले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ ।
कम्पनीले गत वर्षको नाफाबाट २६ दशमलव ८४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
साथै कम्पनीको विभिन्न साधारण सभाबाट पारित भएको लिन बाँकी बोनस शेयर र नगद लाभांशसमेत यस कम्पनीको शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेडमा सम्पर्क गरी लिन अनुरोध गरेको छ ।