काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर माघ २२ गतेदेखि लिलामीमा विक्री खुला गरेको छ ।
कम्पनीले साना किसान कृषि सहकारी संस्था, झापाको स्वामित्वका रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकतामा राखेर विक्री खुला गरेको हो ।
विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर खरीद गर्न चाहेमा फागुन २६ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय वा शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
यो शेयरको मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्न सकिनेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ ।