काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।
सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत गरेर कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
संस्थामा ७७ जिल्लाका ५४६ स्थानीय तहमा १ हजार ६ सय ९२ साझेदार संस्था आवद्ध छन् । कुल १२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्याएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ ।