काठमाडौं । सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४ दशमलव ७१ प्रतिशत वृद्धि भएको छ । बैंकले गत आवमा रू. १ अर्ब १३ करोड नाफा कमाएकोमा चालू आवमा बढेर रू. १ अर्ब १९ करोड पुगेको छ ।
सञ्चालन नाफा सामान्य वृद्धि भएको छ । गत आवमा बैंकको सञ्चालन नाफा रू. १ अर्ब ६२ करोड रहेकोमा चालू आवमा रू. १ अर्ब ६४ करोड पुगेको छ । त्यस्तै बैंकको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा घटेको छ । गत आवमा बैंकको खुद ब्याज आम्दानी रू. ३ अर्ब १ करोड रहेकोमा चालू आवमा २ अर्ब ८७ करोडमा झरेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी रू. १६ रुपैयाँ ८१ पैसा रहेकोमा चालू आवमा १७ रुपैयाँ ६१ पैसा पुगेको हो । त्यस्तै बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ७९ करोड रहेको छ ।
चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६ दशमलव ५५ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ५७ रुपैयाँ ५६ पैसा रहेको छ ।
कम्पनीको चुक्तापूँजी रू. १३ अर्ब ५८ करोड छ । कम्पनीले जगेडामा रू. ६ अर्ब १ करोड र रिटेन्ड अर्निङमा रू. १ अर्ब ७९ करोडभन्दा बढी सञ्चिति गरेको छ ।