काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवार (आज) सात कम्पनीको शेयर मूल्य समायोजन भएको छ । हिमालयन डिष्टीलरी, कालिका लघुवित्त, कालिका पावर, लुम्बिनी विकास बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सूर्योदय वोमी लघुवित्त र मेरो माइक्रोफाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले मेरो माइक्रोफाइनान्सको ७ दशमलव ५ प्रतिशत, सूर्योदय वोमी लघुवित्तको ६ प्रतिशत, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १ दशलमव ८७ प्रतिशत, लुम्बिनी विकास बैंकको ३ प्रतिशत, कालिका पावरको ७ प्रतिशत, कालिका लघुवित्तको ९ दशमलव ५ प्रतिशत र हिमालयन डिष्टीलरीको १५ प्रतिशत बोनस शेयरको समायोजन गरेको हो ।
समायोजनपश्चात हिमालयन डिष्टीलरीको शेयर मूल्य रू. १ हजार १८३ दशमलव ४८, कालिका लघुवित्तको रू. १ हजार ४ दशमलव ५७, कालिका पावरको रू. ५०३ दशमलव ७४, लुम्बिनी विकास बैंकको रू. ४६६ दशमलव ०२, श्री इन्भेष्टमेन्ट फाइनान्सको रू. ५५४ दशमलव ६५, सूर्योदय वोमी लघुवित्तको रू. ७१४ दशमलव ४३ र मेरो माइक्रोफाइनान्सको रू. ६८० दशमलव ९३ कायम भएको छ । नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
बिहीवार दोस्रो बजारमा मेरो माइक्रोफाइनान्सको रू. ७३२, सूर्योदय वोमी लघुवित्तको रू. ७५७ दशमलव ३०, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको रू. ५६५, लुम्बिनी विकास बैंकको रू. ४८०, कालिका पावर कम्पनीको रू. ५३९, कालिका लघुवित्तको रू. १ हजार १ सय र हिमालयन डिष्टीलरीको रू. १ हजार ३६१ मा अन्तिम कारोबार भएको थियो । यही मूल्यलाई आधार मानेर आगामी आइतवारदेखि यी कम्पनीहरूको शेयर कारोबार हुनेछ ।