काठमाडौं। सौन्दर्य ब्रान्ड पन्ड्सले छाला सम्बन्धी समस्याको समाधानका लागि महिलालाई नवीनतम विज्ञानको साथ उत्कृष्ट त्वचा सम्बन्धी चमत्कारी परिणाम दिने उद्देश्यका आफ्नो नाम परिवर्तन गरेको छ ।
विज्ञानमा आधारित फर्मुलाले उपभोक्तामा आशा र त्वचामा वास्तविक परिवर्तन ल्याउने लक्ष्य राखी पन्ड्स ब्रान्डकोे दृश्य पहिचानलाई परिवर्तन गर्दै पन्ड्स स्किन इन्स्टिट्युटमा नाम परिवर्तन गरेको बताइएको छ, जसले ब्रान्डको आधारभूत विषयवस्तुहरू अनुसन्धान, विज्ञान र विशेषज्ञतालाई उजागर गर्ने अपेक्षा गरिएको छ ।
इन्स्टिट्युटले आफ्ना फर्मुलामा तीन प्रमुख इन्ग्रिडिएन्ट प्रस्तुत गरेको बताएको छ । यसमा समावेश निआसिनामाइड, हायल्यूरोनिक एसिड र एक्टिभेट चारकोल इन्ग्रिडिएन्ट त्वचाको विशेष समस्यामा लक्षित छ । ब्रान्डले नयाँ र नवप्रवर्तनको माध्यमबाट नेपालमा विश्वव्यापी गुणस्तरअनुसार उपभोक्तालाई उत्तम समाधान दिने उद्देश्य राखेको बताइएको छ ।
१७५ वर्षभन्दा लामो समयदेखि स्थापित पन्ड्स ब्रान्ड ६० भन्दा बढी देशहरूमा पुगेको कम्पनीले जानकारी दिएको छ । ७०० वैज्ञानिक तथा अनुसन्धानकर्ता र ५ ग्लोबल अनुसन्धात्मक सेन्टरको मद्दतले स्थापित हुन सहयोग पुगेको कम्पनीको भनाइ छ । युनिलिभर नेपाल लिमिटेडका मुख्य कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक अम्लन मुखर्जीले पन्ड्स स्किन इन्स्टिट्युट उपभोक्तासँग समकालीन र सान्दर्भिक रहन चाहेको बताए । उनले भने, ‘उपभोक्ताहरू हाम्रो ब्रान्डको मुटु हुन्, त्यसैले हामी उनीहरूलाई निरन्तर बुझ्दै आवश्यकता पूरा गर्न नयाँ उत्पादन प्रस्तुत गर्न सक्छौं ।’