काठमाडौं। सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । शुक्रवार प्रभु क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओ ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आईपीओमा कुल १४ लाख ४४ हजार ९७८ जनाले आवेदन दिएकोमा ५१ हजार ८२५ जना आवेदकको आवेदन रद्ध भएको क्यापिटलले जानकारी दिएको छ ।
। कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणमा साधारण शेयर निष्कासन गरेको थियो ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस योजनाको कुल लागत १ अर्ब ९० करोडभन्दा माथि रहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.