काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । साधारण सभा काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार ब्याक्वेटमा उक्त दिन अपराह्न १ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको हो ।
सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले अन्य जलविद्युत कम्पनीसँग गाभ्ने/गाभिने वा प्राप्ति गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।