काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलवार एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४४९ दशमलव ५१ कायम भएको छ ।
नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम शेयर मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । मंगलवार दोस्रो बजारमा कम्पनीको अन्तिम कारोबार हुँदा शेयर मूल्य रू. ४६३ थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीको शेयर भोलि (बुधवार)देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।