काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । यी दुबै बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १० दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयर मूल्य रू. ३५२ दशमलव ९४ कायम भएको छ ।
नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस बैंकको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९० मा अन्तिम कारोबार भएको थियो ।
त्यस्तै नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात बैंकको शेयर मूल्य रू. २८० दशमलव ९५ कायम भएको छ ।
नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस बैंकको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २९५ मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर सोमवार दोस्रो बजारमा यी दुबै बैंकको शेयर कारोबार खुल्नेछ ।