काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म १६ करोड ७८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ ।
अघिल्लो आवको चौथो त्रैमाससम्म १६ करोड ४२ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको यो कम्पनीको खुद नोक्सानी गत आवमा भने बढेको हो । गत आवमा कम्पनीको वित्तीय खर्च बढ्दा नोक्सानी बढ्न पुगेको हो । अघिल्लो आवमा ३५ करोड ८० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले गत आवमा ५६ करोड २६ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।
अघिल्लो आवमा ४३ करोड ६६ लाख रुपैयाँभन्दा बढीको विद्युत् विक्री गरेको कम्पनीले गत आवमा ७४ करोड ७२ लाख रुपैयाँभन्दा बढीको विद्युत् विक्री गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ छ । रिटेन्ड अर्निङ ४४ करोड ६७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको अन्य जगेडामा भने १३ लाख ५८ हजार रुपैयाँ कायम छ ।
चौथो त्रैमाससम्म १० रुपैयाँ ५४ पैसा प्रतिशेयर नोक्सानीमा रहेको यो कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७२ रुपैयाँ ४ पैसा छ ।