काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १ हजार ११० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले विद्यमान संस्थापकमा विक्री नभएपछि दोस्रो चरणमा अन्य व्यक्ति संस्थाका लागि यी शेयर विक्री खुला गरेको हो । वैशाख ८ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरुले ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् ।
यस अघि कम्पनीले विद्यमान संस्थापकहरुमा फागुन २६ गते यी शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको थियो । प्रतिकित्ता ११६ रुपैयाँ अंकित मूल्यमा कम्पनीले यी शेयर विक्री गर्न लागेको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आवेदन पेश गर्नुपर्नेछ ।